दसैं तथा तिहारलाई लक्षित गरेर चीनबाट मगाइएको सामानहरू दसैंअघि नआउने भएका छन्।
हालसालैको बाढी पहिरोको कारण नेपाल–चीन दुवैतर्फ बाटो तथा पुल भत्किएपछि सामान आउन नसक्ने अवस्थामा पुगेको भन्सार अधिकारी तथा व्यापारीहरूले बताएका छन्।
विशेषगरी तातोपानी नाकाबाट आउने सामानमा नेपाल तर्फको बाटो अवरूद्ध भएको कारण सामान ल्याउन सकिएको छैन। त्यस्तै रसुवा नाकामा भने नेपाल तर्फबाट बाटो खुलाइए पनि चीन तर्फको बाटो (केरूङ) भत्किएको कारण सामान ल्याउन नसक्ने अवस्थामा पुगिएको भन्सार अधिकारी निर्मलराज कँडेलले बताए।


-ink-1726374995.jpeg)
