रेमिट्यान्स भित्र्याउने विश्वकै उच्च स्थानमा नेपाल


  • Himalayan Bank Limited (HBL)
रेमिट्यान्स भित्र्याउने विश्वकै उच्च स्थानमा नेपाल

काठमाडौं : रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको छ। नेपालमा सबैभन्दा बढी  रेमिट्यान्स भित्रिएसँगै विश्वकै तुलनामा यसले यहाँ घरायसी खर्चलाई दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्व बैंकले निचोड निकालेको छ। 

विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनमा भनिएको छ, ‘नेपालको व्यक्तिगत रेमिट्यान्स जीडीपी अनुपात संसारकै उच्च छ। नेपालमा  रेमिट्यान्स आप्रवाह कुल गार्हस्थ्य  उत्पादन (जीडीपी)को एक चौथाइभन्दा बढी छ।’ जबकि यो दक्षिण एसियाको दोस्रो सबैभन्दा धेरै रेमिट्यान्स  प्राप्त गर्ने देश पाकिस्तानको तुलनामा झन्डै तीन गुणा बढी हो। जहाँ जीडीपीको अनुपातमा रेमिट्यान्स  ७.८ प्रतिशत छ। 

Read More