बिद्युत ब्यापार सम्बन्धी ऐतिहासिक सम्झौता गर्न बंगलादेशकी जलस्रोत, वातावरण, वन र जलवायु परिवर्तनमन्त्री सैदया रिजवाना हसन नेपाल आइपुगेकी छन्। नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगालदेशमा विक्री गर्ने सम्बन्धमा आज नेपाल, भारत र बंगलादेशबीच हुने त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न उनी नेपाल आइपुगेकी हुन्।
नेपाल बिद्युत प्राधिकरण, भारतको एनटिपीसी विद्युत ब्यापार निगम र बंगालदेशको बंगालदेश पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता हुनेछ। यो सम्झौताले नेपाललाई पहिलोपटक भारत बाहेकका तेस्रो देशमा बिजुली निर्यात गर्ने बाटो खुल्नेछ।


