काठमाडौं : चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ । बुधबार नेपालीका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालय मार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका हुन् ।
पछिल्लो समय बाढी, पहिरो र डुवानलगायत प्राकृतिक विपत्तीमा परेका नागरिकहरूको सहयोगका लागि गृह मन्त्रालयमार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।



