जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आजखि दिउँसो वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोली राती कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ। यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना छ । उक्त भारी वर्षाको अनुमान गर्दै उच्च सर्तकता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एड्लासी बाढी आउन सक्ने जोखिम यथावतै छ।
तसर्थ यात्रारत रहँदा पहिरोको जोखिम हेदैं सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको वेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुन र जिल्ला बिपद व्यवस्थापन समिति र स्थानीय बिपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले तदनुरुप सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ ।



