काठमाडौं : नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।





