नेपाल बीमा प्राधिकरणले हवाई बीमा सम्बन्धी सुरक्षा रणनीति बनाउने योजना बनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित एउटा कार्यक्रम ‘एभिएशन रिस्क म्यानेजमेन्ट कन्क्लेभ’मा बोल्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हवाई क्षेत्रको बीमालाई व्यवस्थित गर्न रणनीतिको आवश्यकता महसुस गरिएको बताएका थिए ।
उनका अनुसार बीमा नियामकका हिसाबले प्राधिकरणले स्थिर र प्रभावकारी इन्स्योरेन्स फ्रेमवर्क बनाउन अति आवश्यक रहेको महसुस गरेको छ । यसले
आगामी दिनमा उड्डयन सुरक्षाको प्रवर्द्धन गर्दै अन्तरराष्ट्रिय मापदण्ड तयार गर्न सहयोग पुरयाउने छ । उनका अनुसार यसका लागि अन्तरराष्ट्रियस्तरको गाइडलाइन बनाएर सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ ।

