पूँजी पुर्‍याउन बीमा कम्पनीले धमाधम हकप्रद सेयर जारी गर्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पूँजी पुर्‍याउन बीमा कम्पनीले धमाधम हकप्रद सेयर जारी गर्दै

१५ असोज, काठमाडौं । बीमा प्राधिकरणले गत असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुर्‍याउनुपर्ने व्यवस्था नियामक बीमा प्राधिकरणले गरेको थियो।

असार मसान्तभित्र धेरै कम्पनीले तोकिएको चुक्ता पूँजी पुर्‍याउन सकेनन् । सोही अनुरूप प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी बाधा अड्काउ फुकायो ।

‘यसरी निश्चित रिजर्भ र प्रोभिजनलाई पनि गणना गर्दा सबैको चुक्ता पूँजी पुग्ने देखियो,’ प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले भने, ‘कम्पनीहरूले स्पष्ट योजना बुझाउने गरी बाधा अड्काउ मात्रै फुकाएका हौं।’

Read More