चाडबाडले अर्थतन्त्र चलायमान बनाउँछ, योगदान गर्दैन


  • Himalayan Bank Limited (HBL)
चाडबाडले अर्थतन्त्र चलायमान बनाउँछ, योगदान गर्दैन

काठमाडौँ । दसैँ सुरु हुन अब हप्ता दिन मात्रै बाँकी छ । उपभोक्ताहरू यसको लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् । व्यवसायीहरू पनि बजारको माग केही बढेका कारण आयात गर्नेदेखि खुद्रा बजारसम्म सामान पुर्‍याउन व्यस्त छन् । दसैँमा खाद्यान्न, लत्ताकपडा, माछा मासु लगायतको व्यापार सबैभन्दा धेरै हुने गरेको छ । दसैँले गर्दा भन्सार नाकाहरूमा पनि चाप बढेको छ । केही सामान बाटोमा छन्, केही आइसकेका छन् । व्यवसायीहरू दसैँ लक्षित सामानहरू विदेशबाट आयात गर्ने क्रम लगभग अब बन्द भएको बताउँछन् । 

नेपाल समुन्द्रपार निकासी पैठारी संघका सदस्य हिमबहादुर रावल दसैँका लागि अब विदेशबाट सामग्रीहरू आयात हुन लगभग रोकिएको बताउँछन् । ‘अधिकांश सामान आइपुगेको छ, केही भन्सारमा रोकिएको र बाटोका कारण आउने क्रममा छ,’ उनी भन्छन्, ‘उपभोक्तालाई चाहिने सबै सामान बजारमा पुगेको छ ।’ तर विगतमा जस्तो यो वर्ष बजारमा उत्साह नदेखिएको उनको भनाइ छ । 

Read More