चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा १२८ व्यावसायिक फर्ममा अनुगमन


  • Himalayan Bank Limited (HBL)
चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा १२८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौँ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन् ।  

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ होटल÷रेस्टुरेन्ट, २४ खाद्य उद्योग र दुई वटा डायट्री सप्लिमेन्ट बिक्रेता फर्ममा निरीक्षण अनुगमन गरिएको उनले बताए ।

Read More