चीनको सेयर बजार आज ७ प्रतिशतभन्दा धेरैले बढ्यो, ५ कारोबार दिनमा २४ प्रतिशत वृद्धि, जापानको मार्केटमा भने ५ प्रतिशत गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चीनको सेयर बजार आज ७ प्रतिशतभन्दा धेरैले बढ्यो, ५ कारोबार दिनमा २४ प्रतिशत वृद्धि, जापानको मार्केटमा भने ५ प्रतिशत गिरावट

काठमाडौं : चीनको सेयर बजार सोमबार ७.५८ प्रतिशतले बढेको छ ।  यो समाचार तयार पार्दै गर्दा (११:३७ बजे) चीनका ब्लुचीप कम्पनीहरुको मापन गर्ने ‘सीएसआई ३००’ सूचक ७.५८ प्रतिशतले बढेर ३९८४ विन्दुमा पुगेको छ । यो सूचक पछिल्लो ५ कारोबार दिनमा करिब २४ प्रतिशतले बढेको छ । सेप्टेम्बर २३ मा ३२१२ विन्दुमा रहेको सूचकांक अहिले बढेर करिब ३४०० विन्दुमा पुगेको छ ।  

यता, सांघाई कम्पोजिट सूचकांक पनि ७.१६ प्रतिशतले बढेर ३३०९ मा पुगेको छ । पछिल्लो ५ कारोबार दिनमा यो सूचक २० प्रतिशतले बढेको हो । २३ सेप्टेम्बरमा २७४८ विन्दुमा रहेको बजार सोमबारसम्म बढेर ३३०० माथि पुगेको छ । इजरायली हमलाहरुले लेबननमा निरन्तर अस्थिरता थप्दापनि तेलको मूल्यमा उतारचढाव आउने देखिएको छ ।

Read More