बंगलादेशलाई ४० मेगावाट विद्युत् बेच्न बिहीबार सम्झौता हुँदै


  • Himalayan Bank Limited (HBL)
बंगलादेशलाई ४० मेगावाट  विद्युत् बेच्न बिहीबार सम्झौता हुँदै

काठमाडौँ — नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुने भएको छ । विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता हुन लागेको हो ।

यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले सम्झौता धकेलिएको थियो । ‘अब मंगलबार र बुधबार ऊर्जा सचिव र सहसचिवस्तरको बैठक बसेर बिहीबार विद्युत् बिक्रीसम्बन्धी सम्झौता गर्ने तय भएको छ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले भने, ‘सम्झौताका लागि बंगलादेशका ऊर्जामन्त्री आउने जानकारी पाएका छौं ।’

Read More