आइतबार बजारमा तरकारीको मूल्य दुई सय प्रतिशतसम्म बढेको छ।
कालीमाटी बजार विकास समितिको तथ्यांक अनुसार शनिबारको तुलनामा आइतबार तरकारीको थोक मूल्य दुई सय प्रतिशतसम्म बढेको हो।
वर्षाका कारण अधिकांश ताजा तरकारीको मूल्य बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।
'तरकारीको मूल्य घटेर सामान्य अवस्थामा आइसेको थियो,' उनले भने, 'बाढीले फेरि बढायो।
उनका अनुसार बाढीका कारण तरकारीको मूल्य बढ्नुका साथै आगमन प्रवृत्तिमै असर पारेको छ। शनिबारको तुलनामा आइतबार कालीमाटी तरकारी बजारमा तरकारी धेरै भित्रिन सकेको छैन।



