दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?


  • Himalayan Bank Limited (HBL)
दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

१३ असोज, काठमाडौं। अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको ११ गते शुक्रबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको बताए । अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको उनको भनाइ छ ।

Read More