शुक्रबारदेखिकाे अविरल वर्षाका कारण देशका अधिकांश राजमार्ग अवरूद्ध भएका छन् । बाढी पहिराेले देशभरका ४८ वटा राजमार्ग ठप्प भएका हुन् ।
अवरूद्ध रहेका सडकमध्ये सबैभन्दा धेरै बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग रहेका छन् । काठमाडौं उपत्यकाका ५ वटा राजमार्ग अवरूद्ध भएकाे छ । यसैगरी, लुम्बिनी प्रदेशका ८ वटा राजमार्ग ठप्प हुँदा, कोशी प्रदेश तथा गण्डकी प्रदेशका ६-६ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । त्यस्तै, कर्णाली प्रदेशको एउटा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग सुचारू हुन नसक्दा यात्रुहरू मर्कामा परेका छन् । यससँगै आन्तरिक हवाई उडान भर्नेकाे संख्या बढेकाे छ । राजमार्गमा यातायात ठप्प भएकै कारण हवाई उडानमा अत्याधिक चाप बढेकाे हाे । हिजाेसम्म प्रतिकुल माैसमकका कारण हवाइ उडान प्रभावित बनेपनि आज भने नियमित रहेकाे छ ।



