२ खर्बपति क्लबमा फेसबुकका मार्क जुकरबर्ग


  • Himalayan Bank Limited (HBL)
२ खर्बपति क्लबमा फेसबुकका मार्क जुकरबर्ग

वाशिङटन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्ग २ खर्ब डलरको मालिक भएका छन् । २०० खर्ब डलर क्लबमा छिर्ने उनी चौथो व्यक्ति हुन् ।

ब्लुम्बर्गको बिलेयिनर्स इन्डेक्सका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब १ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा जुकरबर्गको नेटवर्थ ७३ अर्ब ४० करोड डलर बढिसकेको छ ।

जुकरबर्ग टेस्लाका सीईओ एलन मस्क, एमाजनका हाकिम जेफ बेजोस, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका सीईओ बर्नार्ड आर्नो पछि २ खर्ब डलरको सम्पत्ति हुने विश्वका चौथो व्यक्ति बनेका छन् । ४० वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुक खोलेका थिए ।

Read More