रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०८०/ ०८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
गत असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीले पाउने छन् ।
साथै कम्पनीले बोनस वितरणपछि कायम हुन आउने चुक्तापूँजीको १ः०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी जुटाउनको लागि हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनी मार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ ।




