भित्रियो असी करोड लगानी


  • Himalayan Bank Limited (HBL)
भित्रियो असी करोड लगानी

काठमाडौँ, असोज १३ गते । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८० करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार साउन महिनामा ७९ करोड ९८ लाख रुपियाँमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष साउन महिनामा दुई अर्ब ६५ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा मुलुकमा भित्रिने वैदेशिक लगानीमा उल्लेख्य गिरावट आएको हो । 

यस्तै साउन महिनामा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो ।

Read More