बाढी, डुबान र पहिरोका कारण काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै २३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २३ पुगेको हो ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विनोद घिमिरेका अनुसार काठमाडौं जिल्लामा ९ जना, ललितपुर जिल्लामा ९ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरमा मृत्यु हुने ५ जनामध्ये दुई जना बारे प्रस्ट जानकारी भने नआइसकेको एसएसपी घिमिरेले जानकारी दिए । यस्तै पाँच जना बेपत्ता छन् । ...


