बाढीपहिरो : देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता


  • Himalayan Bank Limited (HBL)
बाढीपहिरो : देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ — अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ उपत्यकाबाहिर विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ । ...

Read More