हरेस खाएर साउदीले उत्पादन बढाउने भएपछि तेलको भाउ अझै घट्ने!


  • Himalayan Bank Limited (HBL)
हरेस खाएर साउदीले उत्पादन बढाउने भएपछि तेलको भाउ अझै घट्ने!

साउदी अरेबियाले उत्पादन बढाउने भएपछि कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ घटेर ७० डलर प्रति ब्यारेलभन्दा कम हुने सम्भावना बढेको छ।

पछिल्ला केही साता घट्दै गएर कच्चा तेलको भाउ ७५ डलरभन्दा कम भएको छ। सेप्टेम्बर १० मा एकपटक घटेर ६८.८३ मा झरेको भाउ फेरि बढेर ७० डलरमाथि पुगेको थियो।

विगत केही दिनमा बिस्तारै बढेर बुधबार ७५ डलर छोएको भाउ हिजो एक्कासि घटेर ७१ डलर भयो।

फाइनान्सियल टाइम्सका अनुसार सबभन्दा धेरै तेलको निर्यात गर्ने राष्ट्र साउदी अरेबियाले कच्चा तेलको मूल्य १०० डलर पुर्‍याउने आफ्नो अघोषित लक्ष्य छोडेर बढी उत्पादन गर्ने नीति अँगालेकाले हिजो एक्कासि भाउ घटेको हो। जति प्रयास गरे पनि भाउ धेरै बढाउन नसक्ने भएपछि साउदी अरेबियाले मूल्य कम भए पनि धेरै उत्पादन गरेर आफ्नो आम्दानी बढाउने निर्णय गरेको हो।

Read More