अर्थतन्त्र सुधारिएको संकेत मात्रै, अधिकांश सूचक अझै खराब


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्र सुधारिएको संकेत मात्रै, अधिकांश सूचक अझै खराब

काठमाडौँ । दुई दिनको फरकमा दुई प्रमुख दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको विवरण सार्वजनिक गरे ।  

एडीबीले बुधबार सार्वजनिक गरेको वक्तव्यमा कृषि उत्पादन, पर्यटक आगमन,  विद्युत् उत्पादन लगायतमा देखिएको सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाएको छ । एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले आन्तरिक आयमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाको पुनरुत्थानले कुल गार्हस्थ्य उत्पादन बढ्ने प्रतिक्रिया दिएका छन् । 

सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रमा सुधार हुने उनले बताए ।  विद्युत् उत्पादन क्षमता वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने समेत उनको भनाइ छ । 

Read More