क्रिप्टोकारोबारीलाई छाड्न आरोपितकै परिवारसँग रकम असुल गरी छाडेको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ।
आरोपित पक्राउ परेपछि परिवारसँग ५० लाख रुपैयाँ असुली गर्ने व्यक्तिलाई मुख्य अभियुक्त बनाएर परिसरले अनुसन्धान अघि बढाएको एसपी नवराज अधिकारीले जानकारी दिए।
परिसरमा कार्यरत रहेका प्रहरी हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको एसपी अधिकारीले बताए।
५० लाख असुल गर्ने व्यक्ति तेजबहादुर तामाङलाई प्रहरीले मुख्य अभियुक्त बनाएर अनुसन्धान अघि बढाएको हो। ‘समितिले प्रतिवेदन बुझाएसँगै हामीले दुई जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने, ‘यस घटनामा मुख्य अभियुक्त तामाङलाई बनाएका छौं।’


