वैदेशिक लगानीकर्ताको अपेक्षा र हाम्रो व्यवहारमा तालमेल आवश्यक छः गभर्नर


वैदेशिक लगानीकर्ताको अपेक्षा र हाम्रो व्यवहारमा तालमेल आवश्यक छः गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले वैदेशिक लगानीकर्ताको अपेक्षा र हाम्रो व्यवहारमा तालमेल आवश्यक भएको बताएका छन्। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘हाम्रोमा लगानी सुरक्षाको लागि कानुनी अभाव देखिदैन्। हाम्रोमा नीतिगत परिर्वतनको लागि समेत सुरक्षा समेत गरिएको छ। तर, हामी कहाँ व्यवहारमा भने केही कठिनाई छ,’ अधिकारीले भने, ‘हाम्रोमा सरकारी कामकारवाहीको प्रक्रियामा समस्या छ। बन ‘क्लियरेन्स’ जस्ता विषयमा समस्या छ।’

उनले कहिलेकाँही हाम्रोमा भएको नीतिगत परिवर्तनलाई हेरेर यसैलाई अवरोधको रूपमा लिइएको पाइए पनि त्यस्तो नभएको बताए।  

Read More