आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग


आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरूको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोबार भएका निकाय र अन्य करदाताहरूको मङ्सिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पौष २० गते सम्म मात्र म्याद थप हुने व्यवस्था प्रति चेम्बरले विमति जनाएको हो।

Read More