आर्थिक वर्ष २०८१/८२ को पहिलो साउन महिनामा १ अर्ब ८३ करोड बराबरको थप बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य ८२६ अर्ब ५२ करोड रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २६८ ओटा पुगेको छ । जसमा १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९१ ओटा जलविद्युत् कम्पनी, २२ ओटा उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूह छन्।




