एक करोड रूपैयाँ माथिको सेयर कर्जा लिने लगानीकर्ता बढे


  • Himalayan Bank Limited (HBL)
एक करोड रूपैयाँ माथिको सेयर कर्जा लिने लगानीकर्ता बढे

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा मात्रै सेयर धितोमा जाने कर्जा एक अर्ब ३५ करोड रूपैयाँले बढेको छ। 

गत असारमा ९० अर्ब सेयर धितो कर्जा गएकोमा साउनमा ९१ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।

सेयर धितोमा जाने कर्जा सानाले घटाइरहेका छन भने ठूलाले बढाइरहेका छन्।

एक करोड रूपैयाँभन्दा माथि रकमको कर्जा ३.९ प्रतिशत (दुई अर्ब १७ करोड रूपैयाँ)ले बढेर ५८ अर्ब १० करोड पुगेको छ।

५० लाखदेखि एक करोड रूपैयाँसम्मको यस्तो कर्जा ०.४ प्रतिशतले बढेर १२ अर्ब ४७ करोड पुगेको छ।

Read More