काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।


