दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : छेडियो २३५७ मिटर जमिन


  • Himalayan Bank Limited (HBL)
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : छेडियो २३५७ मिटर जमिन

दैलेख : दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरव बढाउने आयोजना पनि हो। यो आयोजना सफल भए देशको आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। किनकि यो आयोजनामा सफलता प्राप्त हुने आधारहरू भेटिएका छन्। दैलेखको पञ्चकोशी तीर्थस्थल क्षेत्रमा सदिऔंदेखि निरन्तर ज्वाला बलिरहेको छ। 

नेपालकै प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ। यस क्षेत्रमा बग्ने खोलाको पानी माथि पनि आगो बल्छ। अधिकांशले यसलाई दैवी शक्तिको कारण भन्छन्। कैयौंले ज्वाला बलिरहेको क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान लगाउँथे। खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँँ पेट्रोलियम पदार्थ रहेको पुष्टि हुने आधार उत्तिकै थियो। खानी तथा भूगर्भ विभागले यहाँ विगत चार दशकयता सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो। पछिल्लो पटक यहाँ परिणाम दिनेगरि पेट्रोलियम पदार्थ अन्वेषणको काम चलिरहेको छ। पेट्रोलियम पदार्थको परिणाम पत्ता लगाउन चिनियाँँ र नेपालको खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले अध्ययन गरिरहेका छन्।

Read More