टिकटकले दियो सरकारलाई धन्यवाद


  • Himalayan Bank Limited (HBL)
टिकटकले दियो सरकारलाई धन्यवाद

प्रतिबन्ध फुकुवा गरेपछि सामाजिक सञ्जाल टिकटकले सरकारलाई धन्यवाद दिएको छ।

टिकटक साउथ एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन हेड फेरडुइस मोक्ताकिनले एक नोट पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको हो ।

मुख्यसचिव एकनारायण अर्यालमार्फत् टिकटक साउथ एसियाले प्रधानमन्त्री ओलीलाई धन्यवाद नोट पठाएको टिकटकले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

टिकटकले अर्बौं मानिसहरूलाई स्वतन्त्रता अभिव्यक्त गर्न दिएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै टिकटकले रचनात्मक अर्थतन्त्रको काम गर्ने पनि जनाइएको छ।

Read More