काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकटमा परेको पाकिस्तानलाई ७ अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । देशले ऋणको पहिलो किस्ता बराबरको १ अर्ब डलर तुरुन्तै प्राप्त गर्नेछ । बाँकी रकम ३ वर्षभित्र किस्ताबन्दीमा उपलब्ध गराइने बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री शहबाज शरीफले यस निर्णयको स्वागत गर्दै आइएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभा र उनको टोलीलाई धन्यवाद व्यक्त गरेका छन् । पाकिस्तानले सन् १९५८ यता आइएमएफबाट २० भन्दा बढी ऋण लिइसकेको छ र हाल यो संस्थाबाट सबैभन्दा धेरै ऋण लिन देशमध्ये पाकिस्तान पाचौं स्थानमा पर्छ ।



