फेरियो मूल्यवृद्धि मापनको सूची


  • Himalayan Bank Limited (HBL)
फेरियो मूल्यवृद्धि मापनको सूची

काठमाडौँ, असोज १० गते । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रीय बैङ्कले यसअघि आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मान्दै आएकामा यस वर्षदेखि २०८०/८१ लाई आधार मान्ने भएको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्र बैङ्कले योसँगै मूल्य सूचक वस्तुहरूको सूची पनि परिमार्जन गरेको छ । यसअघि ४९६ वस्तुको मूल्यका आधारमा सूचकाङ्क तयार गर्ने गरेमा सो सूचीमा रहेका असान्दर्भिक १०६ वटा हटाई प्रचलित १३५ वटा वस्तु थप गरेर ५२५ पुर्‍याएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । “राष्ट्र बैङ्कले मूल्य सूचकाङ्कलाई समयसापेक्ष र वास्तविक प्रतिनिधित्व गराउने गरी आधार वर्ष र वस्तु सूची संशोधन गरेको छ,” उहाँले भन्नुभयो, “यस वर्षदेखि सार्वजनिक हुने मूल्य सूचकाङ्क विवरणमा ७७ जिल्ला नै समेटिने छ भने प्रदेशस्तरीय सूचक पनि सार्वजनिक गर्न थालिने छ ।”

Read More