पर्सा — चाडपर्व नजिकिएसँगै सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट विदेशी मदिराको आयात बढेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन र भदौ महिनामा मात्रै यो नाका हुँदै २५ करोड १३ लाख रुपैयाँ बराबरको ७८ हजार ३ सय ३७ लिटर मदिरा आयात भएको छ । जसबाट ३२ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक वर्षको यसै अवधिमा यो नाका हुँदै १३ करोड ३१ लाख रुपैयाँ बराबरको ५२ हजार ७ सय ८९ लिटर तयारी मदिरा आयात भएको थियो । जसबाट १८ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।


