८ असोज, काठमाडौं । भारत र अमेरिकाको सेयर बजारले नयाँ उचाइ लिएको छ । बुधबार भारतीय बजार बीएसई सेन्सेक्सले ८५ हजार अंक पार गरेको छ । बुधबार एकैदिन बीएसई २५५ अंक (०.३० प्रतिशत) बढेर ८५,१६९ अंकमा पुगेको हो । बजार बन्द हुँदाको यो अंक हालसम्मकै उच्च हो ।
त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० ले २६ हजार अंक पार गरेको छ । यस दिन सो सूचक ६३ अंक बढेर २६,००४ अंकमा कायम भएको छ । कारोबार भइरहँदा इन्ट्राडेमा निफ्टी ५० सूचक २६,०३२ अंकसम्म पुगेको थियो भने बीएसई ८५,२४७ सम्म पुगेको थियो ।





