काठमाडौं : रोल्पाको त्रिवेणी गाउँपालिकाको घोराही सिमेन्ट प्रालिले अवैध खानी उत्खनन गरी करोडौं राजस्व छली गरेको रहस्य खुलेको छ। खानी उत्खनन तथा ओसार पसार गर्न खोलिएका रोल्पा चुनढुंगा प्रालि र शिव स्वरूप माइनिङ प्रालिको नाममा अवैध खानी उत्खनन गरी घोराही सिमेन्टले करोडौं राजस्व ठगी गरेको हो।
रोल्पा चुनढुंगा र शिवस्वरूप माइनिङ प्रालिले बाटो बनाउने नाममा ९० लाख टन चुनढुंगा उत्खनन गरेको तथ्य खानी तथा भूगर्व विभागको स्थलगत अनुगमनमा भेटिएको थियो। खानी विभागका माइनिङ इन्जिनियर सुवास महतले रोल्पा चुनढुंगाको नाममा अवैध चुनढुंगा उत्खनन गरेको भनी ९० लाख टन चोरी पैठारी गरी राजस्व छली गरेको भन्दै कानुनी कारबाही गर्न सिफारिस गरिएको थियो।



