पेट्रोलियम पदार्थको खपत र मूल्यमा लगातार गिरावट, दुई वर्षमा कति घट्यो?


  • Himalayan Bank Limited (HBL)
पेट्रोलियम पदार्थको खपत र मूल्यमा लगातार गिरावट, दुई वर्षमा कति घट्यो?

पेट्रोलिय पदार्थको मूल्य पछिल्लो दुई वर्षदेखि लगातार घट्दो क्रममा छ।

२०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको मूल्य १९२ रूपैयाँ तोकिएको थियो। पेट्रोलको १९९ रूपैयाँ तोकिएको थियो।

त्यो बेला लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि बढेको थियो। तर, धेरै विवाद भएपछि सरकारले कर समायोजन गरेर मूल्य घटाउन सुरू गरेको थियो। २०७९ असार १२ गते पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ र डिजेलको मूल्य २९ रूपैयाँले घटाइएको थियो।

त्यसपछि भने अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य क्रमशः घट्दै आयो र नेपालमा पनि घट्दो क्रममा छ।

Read More