चार जलविद्युत आयाेजनाकाे २७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै


  • Himalayan Bank Limited (HBL)
चार जलविद्युत आयाेजनाकाे २७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

सिन्धुपाल्चोक र रसुवामा सञ्चालित चार जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७०.३ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय ग्रिडमा जोडिने भएको छ।

सिन्धुपाल्चोकको मध्य भोटेकोशीको १०२, रसुवाको रसुवागढीको १११, माथिल्लो साञ्जेनको १४.८ र साञ्जेनको ४२.५ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो।

नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०-१३२-३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०-१३२-३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको छ।

Read More