पाइपलाइनबाट डिजेल आयात गरिरहेको नेपाल आयल निगमले पाइपबाट पेट्रोल आयातको तयारी गरेको छ। पाइपमार्फत पेट्रोल ल्याउनका लागि दोस्रो चरणको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ।
भारतबाट पाइपमार्फत पेट्रोल ल्याउन करिब ९० प्रतिशत पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रलयंकर आचार्यले बताए। ‘एक/दुई हप्तामा पाइपबाट पेट्रोल ल्याउन टेस्टिङ हुन्छ,’ आचार्यले भने, ‘जनवरीदेखि नियमित पेट्रोल ल्याउने तयारीका साथ काम भइरहेको छ।’

