दशैंअघि ईभी र विद्युतीय सामग्रीको आयात बढ्यो


  • Himalayan Bank Limited (HBL)
दशैंअघि ईभी र विद्युतीय सामग्रीको आयात बढ्यो

काठमाडौं । दशैं र तिहारजस्ता चाडपर्व नजिकिएसँगै विद्युतीय सवारी (ईभी) र अन्य विद्युतीय सामग्रीको आयात बढेको छ । भन्सार विभागले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउन र भदौको तथ्यांकले यी वस्तुको आयात बढेको देखाएको हो । चालू आवको पहिलो २ महीनामा ४ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँको ४ हजार ८१८ थान विद्युतीय (गाडी) तीनपांग्रे, कार, जीपलगायत आयात भएका छन् । 

गत आवको तुलनामा अहिलेको आयात करीब १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा यी वस्तुको आयात २ अर्ब ६३ करोड ५ लाख २२ हजार रुपैयाँ बराबर थियो । उक्त मूल्यमा २ हजार ७३१ थान ईभी आयात भएको थियो । पछिल्लो समय सरकारले ईभीमा भन्सार छूट दिएकाले नेपालमा यसको आयात बढ्दै गएको व्यवसायी बताउँछन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष कृष्ण दुलालले सरकारले पछिल्लो समय ईभीमा दिएको भन्सार छूटका कारण आयात बढेको बताए ।

Read More