काठमाडौं : भारतको सेयर बजार मंगलबार नयाँ हाईमा पुगेको छ । यो समाचार तयार पार्दै गर्दा (पौने ३ बजे) ‘बीएसई सेन्सेक्स’ ८५ हजार ८५ विन्दुमा कारोबार हुँदैछ । इन्डेक्स आज ८५ हजार ७७ विन्दुको इन्ट्र डे हाईसम्म पुगेको थियो । त्यसैगरी, ‘निफ्टी ५०’ सूचकांक २५ हजार ९७९ विन्दुको हाईमा पुगेको छ । यो हालसम्मको उच्च हो । भारतको सेयर बजारले पछिल्लो ४ दिन लगातार नयाँ हाई बनाएको छ ।





