आरबीआईका गभर्नर काठमाडौंमा, प्रथम गभर्नरको प्रथम स्मृतिमा सहभागी हुँदै


  • Himalayan Bank Limited (HBL)
आरबीआईका गभर्नर काठमाडौंमा, प्रथम गभर्नरको प्रथम स्मृतिमा सहभागी हुँदै

भारतीय केन्द्रीय बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दास काठमाडौंमा आइपुगेका छन् । उनले 

नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयन शम्शेर जबाराको स्मृतिमा आयोजित कार्यक्रममा विशेष सम्बोधन गर्नेछन् ।

 राष्ट्र बैंकले पहिलो पटक आयोजना गरेको स्मिृति कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा नेपाल आएका हुन् । उक्त कार्यक्रमका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दासलाई विशेष निमन्त्रणा गरेका थिए ।

गभर्नरका रुपमा भारतमा राम्रो छवि बनाएका दासले ब्याजदर स्थिर राख्दै मुद्रास्फीति नियन्त्रणमा राखेका छन् । पछिल्ला वर्षमा त्यहाँ कर्जा विस्तारको नीति अबलम्बन गरेको आरबीआईले विद्युतीय भुक्तानीको विकास र विस्तारलाई पनि प्रोत्साहन गरिरहेको छ  ।

Read More