अर्थतन्त्रका बाह्य सूचकमा सुधार आए पनि मुलुकको वैदेशिक व्यापारमा सुधार हुने संकेत देखिएको छैन। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा मुलुकको निर्यात व्यापारमा कमी आएको छ भने आयातमा पनि खासै वृद्धि भएको छैन।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौसम्म निर्यात व्यापार ५.१२ प्रतिशतले गिरावट आएको छ भने आयात १.०८ प्रतिशतले मात्र सुधार भएको छ। दुई महिनामा मुलुकको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।


