कित्ताकाट रोकिँदा घट्यो घरजग्गा कारोबार


  • Himalayan Bank Limited (HBL)
कित्ताकाट रोकिँदा घट्यो घरजग्गा कारोबार

काठमाडौँ — चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व घटेको छ । कित्ताकाट लिखत पारित ८१.४३ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा विभागले जनाएको छ । भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो ।

लगत्तै भदौ २४ मा मन्त्रिपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भूउपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ ।

Read More