प्रस्तावित नियमावलीमा बीमा अभिकर्ता असन्तुष्ट


  • Himalayan Bank Limited (HBL)
प्रस्तावित नियमावलीमा बीमा अभिकर्ता असन्तुष्ट

काठमाडौँ । नयाँ बीमा नियमावलीमा अभिकर्ताको हित प्रतिकूलका विषय संशोधनको माग गर्दै बीमा अभिकर्ता संघले शुक्रबार नेपाल बीमा प्राधिकरणसमक्ष १७ बुँदे माग पेस गर्‍यो । हाल मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन रहेको नियमावलीको व्यवस्थाले अभिकर्ताको पेसालाई नै संकटमा पार्ने ठहर गर्दै संघले यसविरुद्ध आन्दोलनको तयारी समेत गरेको थियो । 

तर, आइतबार प्राधिकरणले माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि तत्कालको लागि आन्दोलन स्थगित भएको छ । तर, मन्त्रिपरिषद्मा पुगेको नियमावलीमा प्राधिकरणले संशोधन गर्नेमा अभिकर्ताहरु सशंकित देखिन्छन् । प्रस्तावित नियमावलीको मस्यौदा हुबहु कार्यान्वयनमा आएमा देशमा बीमा अभिकर्ता नै रहने अवस्था नभएको संघका अध्यक्ष केदारनाथ अधिकारी बताउँछन् । 

Read More