क्रिप्टो करेन्सीका कारोबारीलाई नियन्त्रणमा लिएर छाडेको घटनामा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी प्रजित केसीको नेतृत्वमा बनेको समितिले सोमबार एआइजी किरण बज्राचार्यलाई प्रतिवेदन बुझाएको हो। केसी नेतृत्वको समितिमा डिएसपी सुवास खड्का र प्रहरी निरीक्षक सरोज राई सदस्य थिए।
कार्यालयका प्रवक्ता एवं एसएसपी विनोद घिमिरेका अनुसार घटनामा प्रहरी कर्मचारीको कमीकमजोरी देखिएको औंल्याएको छ।



