मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय निर्धारण


  • Himalayan Bank Limited (HBL)
मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय निर्धारण

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय निर्धारण भएको छ । उनीसहित सहित चार जना दोषी ठहर भएका थिए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उनीहरूको सजाय निर्धारण गरेको हो ।

विशेष अदालतले आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई पनि ८ वर्ष एक महिना कैद निर्धारण तोकेको छ ।परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा जेष्ठ नागरिक रहेकाले ८ वर्ष कैदमा दुई वर्ष मिनाहा भएर ६ वर्ष कामय गरिएको छ । उनीहरूबाट बिगोबमोजिमको असुल उपर गर्न भनिएको छ ।

Read More