हालसम्ममा नेपालमा कसैलाई पनि बजार विश्लेषकको रुपमा मान्यता प्रदान गरिएको छैनः नेप्से


  • Himalayan Bank Limited (HBL)
हालसम्ममा नेपालमा कसैलाई पनि बजार विश्लेषकको रुपमा मान्यता प्रदान गरिएको छैनः नेप्से

काठमाडौं । धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको बताएको छ ।

नेप्सेले सोमवार सामाजिक सञ्जालमार्फत् फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सक्ने पनि बताएको छ ।

त्यसैले, वास्तविक सूचना र तथ्यमा आधारित भएर मात्र लगानी सम्बन्धी निर्णय लिन नेप्सेले सबै लगानीकर्ताहरूलाई अनुरोध गरेको छ  ।

Read More