सार्वजनीक ऋणको बढ्दो ग्राफः २ महिनामै थपियो साढे ९४ अर्ब


  • Himalayan Bank Limited (HBL)
सार्वजनीक ऋणको बढ्दो ग्राफः २ महिनामै थपियो साढे ९४ अर्ब

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोडबराबर पुगेको छ । 

हालसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशतबराबर हो । चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोडबराबर रहेकोमा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २१.६६ प्रतिशतबराबर हो । यो दुई महिनामा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्बबराबर ऋण तिरेको छ ।

Read More