सत्तारूढ सांसदकै असन्तुष्टिबीच पारित भयो सुदूरपश्चिमको बजेट


  • Himalayan Bank Limited (HBL)
सत्तारूढ सांसदकै असन्तुष्टिबीच पारित भयो सुदूरपश्चिमको बजेट

धनगढी — दुई महिनाभन्दा बढी समयको बजेट शून्यतापछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट आइतबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ । सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुअघि भएको छलफलका क्रममा सत्तारूढ दलकै सांसदले बाध्यताले मात्र बजेट पारित गर्ने प्रक्रियालाई समर्थन गर्नुपरेको आशयलाई प्रतीकात्मक ढंगले व्यक्त गरेका थिए । 

‘बजेट देख्यौं विचित्रको, रातो किताबभित्र, कति पीडा पोखौं हजुर पीडा छन् मनभित्र,’ सत्तारूढ दल एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले बजेटप्रति व्यक्त गरेको टिप्पणी हो यो ।

Read More