काठमाडौँ — चाडबाड नजिकिँदै गर्दा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्य वस्तुमा छुट दिन थालेको छ । तर तेल उद्योगीहरूले खाने तेलको मूल्य बढाएर सर्वसाधारणलाई मूल्यवृद्धिको ‘उपहार’ दिएका छन् ।
भारतले पाम, सोयाबिन र सनफ्लावरको कच्चा तेलमा २० प्रतिशत भन्सार दर बढाएपछि नेपाली तेल उद्योगीले मूल्य बढाउन थालेका छन् । भारत निर्यात गर्दा बढी मूल्य पाइने भएपछि उनीहरूले यहाँ स्टक कम देखाएर मूल्य बढाउन थालेका हुन् ।


